पलेशालाई एनसेलले नगद पुरस्कार दिने
- नेप्लेज
- |
- २०८१-०५-१८
- |
- 777 पटक हेरिएको
पेरिस पारालिम्पिक्स २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले सम्मान गर्ने भएको छ।
एनसेलले पलेशालाई १० लाख रुपैयाँ नगद पुरस्कार र अन्य सहभागी पारा खेलाडी तथा प्रशिक्षकहरूलाई पनि १० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।
यो सम्मान एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँगको सहकार्यको आधारमा प्रदान गर्दैछ। एनसेलले गत वर्षदेखि एनपीसीसँग नेपाली पारा खेलाडीहरूको तालिम र विकासका लागि सहयोग गर्दै आएको छ।
पलेशा गोबर्धनले आफ्नो ऐतिहासिक जितको लागि सन्तोष व्यक्त गर्दै, आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्। एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले पलेशाको सफलता राष्ट्रिय गौरव भएको र एनपीसीसँगको सहकार्यमा पारा खेलाडीहरूको समर्थन गर्न प्रतिबद्ध रहेको बताए।