विद्यालय खेलकुदसँग पौडीको साझेदारी

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०३
  • |
  • 498 पटक हेरिएको

विद्यालय खेलकुदमा पौडी खेलको प्रवद्र्धन गर्ने उद्धेश्यले नेपाल पौडी संघले नेपाल विद्यालय खेलकुद महासंघसंग साझेदारी गरेको छ।

विद्यालय खेलकुदमा पौडी खेलको विकास र प्रवद्र्धन गर्ने लक्ष्य सहित पौडी संघले विद्यालय खेलकुद महासंघसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको हो।

पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ र विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौतामा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) समेत साझेदार रहनेछ। आईएसएफको प्रतिनिधिको रुपमा आईएसएफका कार्यकारी सदस्य राजकुमार कार्कीले समझदारी पत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार विद्यालय खेलकुदको अभियानमा पौडी संघ साझेदार संस्थाको रुपमा रहने सहमती छ। सम्झौता अनुसार विद्यालय खेलकुदमा पौडी खेलका प्रतियोगिता, पूर्वाधार विकास, नीति निर्माण, तालिम तथा क्षमता अभिवृद्धि, खोज अनुसन्धानमा दुवै संस्थाले मिलेर काम गर्ने उल्लेख छ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey