स्वस्तिश्री च्याम्पियन
![](https://neplays.com/img/posts/News cham.jpg)
-
नेप्लेज
- |
- २०८१-०३-०३
- |
- 767 पटक हेरिएको
स्वस्तिश्री गुरुकुलले रातो बंगला कप छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ । स्वस्तिश्रीले फाइनलमा राजश्री गुरुकुललाई टाइब्रेकरमा ३–२ गोलले पराजित गरेको थियो ।
त्यसअघि स्वस्तिश्रीले क्वाटरफाइनलमा संस्कृति इन्टरनेसनल स्कुललाई टाइब्रेकरमा ३–२ तथा सेमिफाइनलमा आयोजक रातो बंगलालाई ३–० गोलले हराउदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
स्वस्तिश्रीका कृतज्ञ कोजु उत्कृष्ट खेलाडी तथा जेभिस बुर्लाकोटी उत्कृष्ट गोलरक्षक चुनिएको स्वस्तिश्रीका इसीए इन्चार्ज राकेश राईले जनाएका छन् ।