एन्जल्स हार्ट ‘ए’ को विजयी सुरुआत

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०३
  • |
  • 348 पटक हेरिएको

आयोजक एन्जल्स हार्टको ‘ए’ टिमले सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबलको जुनियर ब्वाइजमा सोमबार विजयी सुरुआत गरेको छ ।

मनमैजुस्थित घरेलु कोर्टमा एन्जल्स हार्ट ‘ए’ ले हिमरश्मिलाई ४३–२६ ले पराजित ग¥यो । विजयी टिमका लागि रुपेश डंगोलले ११ अंक जोडे ।

जुनियर ब्वाइजमै सेबले एन्जल्स हार्ट ‘बी’ लाई ३०–२४, ग्रिनफिल्डले न्युटनलाई २८–२१ र जीवन ज्योतिले एन्जल्स हार्ट ‘बी’ लाई १५–७ ले हराए । सेबका जीवन खत्रीले १४, ग्रिनफिल्डका दिपेश तामाङले ११ र जीवन ज्योतिका विजय मगरले ६ स्कोर गरे ।

सिनियर गल्र्समा भ्याली पब्लिक ‘ए’ ले ल्यान्डमार्कलाई ४५–२५ र ग्रिनल्यान्डलाई ५२–४२, भ्याली पब्लिक ‘बी’ ले टीआईएलाई १९–१५, एन्जल्स हार्टले जेबीलाई २२–१७ र हिमरश्मिले न्युटनलाई २०–१० ले पन्छाए । भ्याली पब्लिक ‘ए’ का लागि ल्यान्डमार्क विरुद्ध लोरिशा गौचनले १६ तथा ग्रिनल्यान्ड विरुद्ध एन्जल गुप्ताले २४ अंक बटुले । भ्याली पब्लिक ‘बी’ की दृष्य गुरुङले १०, एन्जल्स हार्टकी निकिशा बस्नेतले ७ र हिमरश्मिकी निमा तामाङले ८ अंक जोडे ।

प्रतियोगिताको तार्केश्वर नगरपालिका वडा १० का सदस्यद्वय बाबुराम पौडेल, विक्रम महर्जन र तार्केश्वर नगर हिसान एवं एन्जल्स हार्ट एडुकेसन फाउन्डेसनका अध्यक्ष लीलबहादुर पुनले संयुक्त रुपमा उद्घाटन गरेका थिए । जुनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा १३ टिमको सहभागिता रहेको एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले जनाएका छन् ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey