जोरखाने प्रतियोगिता खेल्न नेपाली टोली इरान प्रस्थान

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०३
  • |
  • 403 पटक हेरिएको

पहिलो अन्तराष्ट्रिय जोरखाने प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शनिबार राति इरानको इस्फाहन प्रस्थान गरेको छ ।

जुन १८ देखि २३ सम्म हुने प्रतियोगितामा ऋतुराज सापकोटाको नेतृत्वमा इरान जाने खेलाडीहरूमा क्याप्टेन मिलन रानामगर, अनन्त अर्याल, अनुजसिंह श्रेष्ठ, कीर्तन रज्जाक, विशेष खड्गी र ठाकुर डाँगी रहेका छन् ।

टोलीलाई एसियन जुरखाने तथा पहलवानी स्पोर्ट्स फेडेरेशनका कार्यवाहक अध्यक्ष कर्ण बहादुर शाहीले जर्सी हस्तान्तरण गरी शुक्रबार  बिदाइ गर्दै देशभक्तीको भावना र इच्छाशक्ति भए सीमित श्रोत र साधनका बावजुद पनि पदक जित्न सकिने धारणा व्यक्त गरे ।

प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियलहरूका लागि चन्द्रागिरि नगरपालिका नैकापमा रहेको सान इन्टरनेशनल कलेजले समेत सहयोग गर्ने जनाइएको छ ।

सो क्रममा सान इन्टरनेशनल कलेजका अध्यक्ष डा. सुभाष घिमिरेले खेल प्रतियोगिताहरूमा विद्यार्थी खेलाडीहरुको सहभागिताले शैक्षिक संस्थाहरूको उन्नयनमा समेत सहयोग पुर्‍याउने  बताउँदै खेल गतिविधिहरूमा सहयोग गर्न सके विद्यार्थीहरुको सार्वांगीण विकासमा टेवा पुग्ने विश्वास लिएको धारणा राखेका थिए ।

जोर खाने खेल शारीरिक व्यायम काैशलसँग सम्बन्धित पर्सियन मुलुकको परम्परागत खेल हो ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey