मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०३
  • |
  • 379 पटक हेरिएको

काठमाडौं । सूर्य नेपाल गल्फ टुरको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि हुने भएको छ।

गोकर्ण गल्फ क्लबमा हुने ७२ होलको प्रतियोगिताको विजेताले २ लाख ७५ हजार, उपविजेताले १ लाख ७५ हजार, तेस्रोले  १ लाख २२ हजार र चौथोले १ लाख २ हजार र पाँचौं हुनेले ८८ हजार रुपैयाँ पाउने छन्।

यसैगरी शीर्ष २१ भित्र रहने गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगितामा दुई चरणको समाप्तीपछि कट लागु हुनेछ। जसबाट शीर्ष २१ प्रोफेसनल तथा कट बनाउन एम्योचर गल्फरले अन्तिम ३६ होलमा प्रतिस्पर्धा गर्न पाउने छन्।

प्रतियोगिता मंगलबारदेखि शुक्रबारसम्म चलनेछ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey