बैतडीमा टी-१० भेट्रान क्रिकेटस् मनोज चम्किदा भेट्रान स्टार उपाधि नजिक

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०२
  • |
  • 279 पटक हेरिएको

 विनोद सिंह विष्ट

बैतडीमा जारी टी-१० भेट्रान डीसिएल खसी कप खुल्ला क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेल सम्पन्न भएको छ। 

पहिलो सेमिफाइनल खेलमा  आयोजक टिम  निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीलाई १९ रनले हराउदै जगन्नाथ अभोलिङ भेट्रान स्टार फाइनलमा प्रवेश गरेको छ। 

भेट्रान स्टारले दिएको १६१ रनको लक्ष्य पछ्याएको आयोजकले निर्धारित १० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन मात्रै बनाउन सक्यो। उसका दीपक बोहराले ५६ रनको योगदान गरेपनि टोलिलाई जिताउन सकेनन् ।

स्टारका कृष्ण पाण्डेले ३,समीर चन्द र जितेन्द्र रावलले २-२ विकेट हात पारे। 

यसअघि निङलाशैनी खेल मैदान,देहिमाडौंमा पहिला ब्याटिङ गरेको स्टारले १० ओभरमा ४ विकेटको क्षतिमा १६० रन बनायो । जसमा मनोज जोशीले शतकीय पारी खेले । म्यान अफ द म्याच समेत भएका मनोजले ३० बलमा १०५ रनमा रिटायर्ट हर्ट भए।

आयोजकका यज्ञराज भट्टले २ विकेट हात पारे। 

 निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीको आयोजनामा सुरू भएको प्रतियोगितामा ११ टोलीको सहभागीता रहको र ४ समूहमा विभाजन गरि खेल सञ्चालन भइरहेका  आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बोहराले बताउनुभयो ।

प्रतियोगिताको विजेता र उपविजेता टोलीले खसी,ट्रफी र प्रमाणपत्र पाउने आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका सचिव रोशन बोहराले बताउनुभयो। सहभागी टोलीमा २ जना २५ वर्षदेखि ३० वर्षसम्म र बाँकी खेलाडी ३० वर्षमाथिका छन्।  

२५ देखि ३० वर्षका दुई खेलाडीमध्ये १  खेलाडीलाई  अनिवार्य रूपमा इम्प्याक्ट खेलाडीका रूपमा मैदान उतार्नुपर्ने प्रतियोगिताका सहसंरक्षक चक्र बोहराले बताउनुभयो ।

प्रतियोगिताले बैतडीमा क्रिकेट विकास हुने आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीको विश्वास रहेको छ। 

 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey