दुई पटक पछि परेको युनाइटेडले शेफिल्डलाई हरायो

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१३
  • |
  • 313 पटक हेरिएको

प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा म्यान्चेष्टर युनाइटेडले तालिकाको पुछारमा रहेको शेफिल्ड युनाइटेडलाई हरायो ।

वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले ४–२ को जित हात पार्दै छैटौं स्थानमा उक्लिएको छ । यसक्रममा उसले शेफिल्डले दुई पटक लिएको अग्रता उल्ट्याएको थियो ।

खेलको ३५औं मिनेटमा जेडेन बोग्लेले गोल गर्दै शेफिल्डलाई अग्रता दिलाएका थिए । तर, ४२औं मिनेटमा ह्यारी माग्वेरले बराबरी गोल गरे । ५०औं मिनेटमा बेन ब्रेरेटनले गोल गर्दै शेफिल्डलाई पुनः अग्रता दिलाए । तर, ६१औं मिनेटमा युनाइटेडले पेनाल्टी पाउँदा ब्रुनो फर्नाण्डेजले बराबरीमा ल्याए । 

८१औं मिनेटमा फर्नाण्डेजले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ८५औं मिनेटमा रास्मस होलुन्डले गोल गरेपछि युनाइटेडले ४–२ को जित दर्ता गरेको हो । जितसँगै युनाइटेड ५३ अंकसहित छैटौं स्थानमा उक्लिएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey