सानेपासँग हार्यो झम्सिखेल
- नेप्लेज
- |
- २०८१-०१-११
- |
- 486 पटक हेरिएको
काठमाडौँ । झम्सिखेल यूथ क्लबलाई हराउँदै सानेपा क्लबले शहीद स्मारक ‘सी’ डिभिजन लिगमा दोस्रो जित हासिल गरेको छ।
एन्फा मुख्यालय सातदोबाटोमा मंगलबार सम्पन्न खेलमा सानेपाले झम्सिखेललाई ४-१ ले पराजित गरेको हो।
सानेपाको जितमा पेम्बा दोर्जे लामाले २ गोल गरे। एक गोल सम्भ्रान्त सिंह डंगोलले गरेका थिए भने एक गोल उपहार पाएको थियो।
झम्सिखेलका सन्देश श्रेष्ठले गरेको गोल सान्त्वना रह्यो। सानेपाका पेम्बाले पेनाल्टीमार्फत गोल गर्दै २२औँ मिनेटमा सानेपालाई शुरूआती अग्रता दिलाएका थिए।
५८औँ मिनेटमा उनले पेनाल्टीमार्फत नै दोस्रो गोल गरे। ५९औँ मिनेटमा झम्सिखेलका सौजन राईले आत्मघाती गोल गर्दा सानेपा खेलमा ३-० ले अगाडि रहेको थियो।
७८औँ मिनेटमा सन्देशले गोल गर्दै झम्सिखेललाई ३-१ मा ल्याए। तर, दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा सम्भ्रान्तसिंह डंगोलले गोल गर्दै सानेपालाई ४-१ ले जिताए।
जितसँगै सानेपा अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ। सानेपाको ४ खेलबाट ६ अंक रहेको छ।
आठौँ स्थानमा रहेको झम्सिखेलको समान खेलबाट ३ अंक रहेको छ।