मल्लोर्कामाथि सेभिल्लाको जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-११
  • |
  • 303 पटक हेरिएको

काठमाडौँ। स्पेनिस ला लिगमा सेभिल्लाले मल्लोर्कालाई पराजित गरेको छ।

घरेलु टोली सेभिल्लाले मल्लोर्कालाई २-१ गोल अन्तरले पराजित गरेको हो।

खेलको ६१औँ मिनेटमा सेभिल्लाका युसेफ एन नेसिरीले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए। 

७५औँ मिनेटमा इसहाक रोमेरोले युसेफको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। दोस्रो हाफको इन्ज्युरी समयको पाँचौँ मिनेटमा मल्लोर्काका अब्दोन प्राट्सले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याएका थिए।

जितसँगै १२औँ स्थानमा उक्लिएको सेभिल्लाको ३२ खेलबाट ३७ अंक रहेको छ।mपराजित मल्लोर्काको समान खेलबाट ३१ अंक रहेको छ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey