नेपालमाथि ४ विकेटको जित निकाल्दै हङकङ तेस्रो

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०८
  • |
  • 593 पटक हेरिएको

काठमाडौँ। नेपाललाई पराजित गर्दै हङकङ एसीसी प्रिमियर कपमा तेस्रो भएको छ।

शनिबार सम्पन्न खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै हङकङ तेस्रो भएको हो।

योसँगै हङकङले एसीसी इमर्जिङ टिम्स एशिया कपमा स्थान बनाएको छ।

नेपालले दिएको १४० रनको लक्ष्य हङकङले ३ बल बाँकी रहँदै ६ विकेट गुमाएर पूरा गर्‍यो।

हङकङका अंशु रथले अविजित रहँदै सर्वाधिक ६५ रन बनाए। ५० बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे। 

बाबर हयात २६ र एजाज खान १२ रनमा आउट हुँदा अन्य कुनै ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३३ रन खर्चिए। दीपेन्द्रसिंह ऐरीको नाममा २ विकेट रह्यो।

त्यसअघि अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनायो। 

दीपेन्द्रसिंह ऐरीले २९ बलमा ४ चौका र ३ छक्कासहित ४४ रन बनाए। सन्दीप जोरा २२, कप्तान रोहितकुमार पौडेल २१ऽ नेपालका ओपनर कुशल भुर्तेल शून्य, आशिफ शेख ५, सोमपाल कामी १२, करण केसी ३ र कुशल मल्ल १३ रनमा आउट भए।

ललितनारायण राजवंशी २ रनमा अविजित रहे।

हङकङका आयुष शुक्लाले सर्वाधिक ३ विकेट लिए। अतिक इकवाल, यासिम मुर्तजा र एहसान खानको नाममा १/१ विकेट रह्यो।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey