प्रोफेसनल आइटिएफ तेक्वान्दोमा सुवास र निकिता च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०८
  • |
  • 445 पटक हेरिएको

बागलुङ वैशाख ८– मधेश प्रदेशका सुवाश तामाङ र त्रिभुवन आर्मी क्लबकी निकिता धिमाल पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताको च्याम्पियन भएका छन्।

बागलुङको बुर्तिबाङमा शनिबार सम्पन्न फाइनलमा जित निकाल्दै सुवाश पुरुषमा र निकिता महिलातर्फ प्रोफेसनल फाइटमा च्याम्पियन भएका हुन्। यससँगै दुवै नगद ५० हजार रुपैयाँसहित ट्रफी र पदक हात पारे। बागलुङ जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजनामा भएको दुईदिने प्रतियोगिताको पुरुषततर्फ फाइनलमा सुवासले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसका श्रीप्रसाद बुढालाई हराए।

श्रीप्रसादले ३० हजार रुपैयाँसहित पदक प्राप्त गरे। आर्मीका अनिल तामाङ तेस्रो भए। उनले तेस्रो स्थानका लागि भएको खेलमा बागमतीका रिकसान वाइबा तामाङ हराए। तेस्रो स्थानका अनिलले २० हजार रुपैयाँ र पदक पाए। महिलातर्फ फाइनलमा निकिताले कोशी प्रदेशकी सजिना तामाङलाई पराजित गरिन्। सजिनाले नगद ३० हजार रुपैयाँसहित पदक पाइन्। महिलामा कोशीकी कुसुम राजवंशीले तेस्रो हुँदै नगद २० हजार रुपैयाँ प्राप्त गरिन्।

उनले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा त्रिभुवन आर्मीकी सचिना सुनुवारलाई हराइन्। महिलातर्फ ५०–५७ केजी तौलसमूहमा तीन विभागीयसहित सात प्रदेश र आयोजकका गरी कुल २२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। पुरुषमा भने ५५–६२ केजी तौलसमूहका कुल २२ खेलाडीले चुनौती प्रस्तुत गरेको आयोजक संघका अध्यक्ष प्रतीक घर्तिमगरले जानकारी दिए।

प्रतियोगिताको विजेतालाई ढोरपाटन नगरपालिकाका कार्यवहाक नगर प्रमुख कल्याण कायत, नेपाल आइटिएफ तेक्वान्दो महासघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्की, महासंघका उपाध्यक्ष राजमन्दिर श्रेष्ठ, महासचिव घमबहादुर थापामगर र आयोजक संघ अध्यक्ष एवम् गण्डकी प्रदेश तेक्वान्दो संघकासचिव प्रतीक घर्तिमगरलगायतले पुरस्कृत गरेका थिए। प्रोफेसनल फाइटमा प्रत्येक टोलीबाट समान दुई पुरुष र महिलाले प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने प्रावधान थियो।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey