नेपालले हङकङविरुद्ध पहिला ब्याटिङ गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०८
  • |
  • 419 पटक हेरिएको

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि हङकङविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन्।

शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा ओमानले हङकङलाई ५ विकेटले पराजित गरेसँगै तेस्रो स्थानका लागि खेल्ने दुई टोलीको टुंगो लागेको थियो।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएई फाइनलमा पुगिसकेको छ। प्रिमियर कपको विजेता, उपविजेता र तेस्रो हुने टोलीले एसीसी इमर्जिङ कप खेल्ने छन्।

फाइनल पुगेसँगै यूएई र ओमानले इमर्जिङ कपमा आफ्नो स्थान पक्का गरिसकेका छन्। प्रिमियर कप जित्ने टोलीले एशिया कपमा स्थान बनाउने छ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey