बैशाखमा ‘पिंक केयरएथन’ हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-१६
  • |
  • 519 पटक हेरिएको

महिलाहरुको स्वास्थ्य एवं फिटनेशमा सचेतना जगाउने उद्देश्यले यही बैशाख ८ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ । लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा यो कार्यक्रम गर्न लागेको हो । काठमाडौं पिंक केयरएथनमा महिलाहरुको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना हुनेछ । यस पटकको कार्यक्रममा ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटरको दुरी तय गरिएको छ ।

जुनसुकै उमेर समुहका महिलाहरुले सहभागिता जनाउन सक्ने यो इभेन्टको मुख्य उद्देश्य सधै घरायशी काम र दैनिकीमा व्यस्त रहने महिलाहरुलाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताउनुभयो । आयोजकले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पिंक केयरएथनमा यसपटक पच्चिस सयदेखि तिन हजार महिलाहरु सहभागि हुने अपेक्षा गरिएको छ ।

महिला स्वास्थ्य, सचेतना र लोक कल्याणको क्षेत्रमा विविध कार्यक्रम गर्दै आएको नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुँवरले यस कार्यक्रमले महिलाहरुलाई आफ्नो र आफ्नो परिवारको स्वस्थ जिवनशैली अपनाउन प्रोत्साहित गर्ने बताउनुभयो ।

काठमाडौं पिंक केयरएथनको यस संस्करणमा भारतका चर्चित टेलिभिजन प्रस्तोता एवं कलाकार जय भानुशालीले संचालन गर्नेछन् । सहभागि हुन चाहने महिलाहरुले इसेवाबाट नाम दर्ता गर्न सक्नुहुनेछ । पिंक केयरएथनको फेसबुक र इन्स्टाग्रामको पेजमा दिएको जानकारी अनुसार तोकिएका स्थानमा गएर भौतिक रुपमा पनि नाम दर्ता गर्न सकिनेछ ।

यसअघि काठमाडौं पिंकाथनको नाममा हुने गरेको यो कार्यक्रम यसपटक अझ नेपालीपन झल्किने गरि काठमाडौं पिंक केयरएथन नाममा आयोजना गर्न लागिएको हो । लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म तिन वर्ष काठमाडौं पिंकाथन आयोजना गरेको थियो । त्यसपछि कोभिड महामारी र अन्य सामाजिक आर्थिक कारणले रोकिएको इभेन्ट यो वर्ष भव्यरुपले पुनरागमन हुने आयोजक संस्थाको दाबी छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey