कैलाली प्रिमियर लिग: आलिताल र परशुराम फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-१६
  • |
  • 235 पटक हेरिएको

विनाेद सिंह विष्ट

धनगढीमा जारी दाेस्राे संस्करणको  कैलाली प्रिमियर लिग  अन्तरपालिका टि-२० क्रिकेट प्रतियाेगिताकाे

उपाधिका लागि डडेल्धुराकाे आलिताल गाउँपालिका र परशुराम नगरपालिका भिड्ने भएका छन्। 

आज सम्पन्न पहिलाे सेमिफाइनल खेलमा डाेटीकाे शिखर नगरपालिकालाई ६ विकेटले स्तब्ध पार्दै आलिताल फाइनलमा पुग्याे ।

जितका लागि पाएकाे १४६ रनकाे आलितालले १९.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्याे । जसमा ईश्वर बाेहराले ४४ र राजु रिजालले ३० रनके याेगदान गरे । शिखरका शुवास ऐरले २ विकेट लिए। 

त्यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेकाे शिखर १८ ओभरमा १४५ रनमा समेटियो । म्यान अफ द म्याच समेत भएका   प्रनित थापामगरले अविजित ५७ रन हिर्काए। आलितालका  दिपक टमटाले ३ विकेट हात पारे। 

यस्तै अर्को सेमिफाइनल खेलमा कञ्चनपुरकाे पुनर्वास नगरपालिकामाथि ६६ रनकाे जित निकाल्दै परशुराम उपाधि नजिक पुगेकाे छ। परशुरामले दिएको  १५८ रनकाे लक्ष्य पछ्याएकाे पुनर्वास १७.४ ओभरमा ९१ रनमा अलआउट भयाे । उसका विपिन रावलले २७ र सचिन भट्टले ११ रन बनाउनुबाहेक अन्यले दाेहाेराे अंकमा समेत रन जाेड्न नसक्दा पुनर्वास सेमिफाइनलबाटै घर फर्कियाे। परशुरामका लागि महेन्द्र धामी,कृष्ण विष्ट र मुकेश कठायतले समान २/२ विकेट चट्काए। 

यसअघि पहिला ब्याटिङ गरेकाे परशुरामले २० ओभरमा ६ विकेटको क्षतिमा १५७ रन बनायाे । जसमा किरन धामीले अविजित ५९ रनकाे पारि खेले। किरन म्यान अफ द म्याच समेत भएका  स्काेरर नुरेन अन्सारीले जानकारी दिनुभयो । पुनर्वासका खगेन्द्र कुँवर र दिपक कप्डेलले २/२ विकेट लिए। 

 प्रतियोगिताकाे उपाधि भिडन्त शनिबार हुनेछ।  फाइनल तथा समापन समाराेहमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दकाे पनि उपस्थिति रहने जनाएको छ।

कैलाली जिल्ला क्रिकेट संघको आयाेजनामा चैत ५ गतेदेखि शुरू भएकाे प्रतियोगितामा सुदूरपश्चिमका ११ पालिकाहरूकाे सहभागीता रहेकाे थियोे ।

उपाधि विजेताले २ लाख र उपविजेताले १ लाख पुरूस्कार पाउने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयाे  ।  याे प्रतियोगिताले क्रिकेटकाे विकास र खेलाडी उत्पादनमा सहयाेग पुग्ने आयाेजक कैलाली जिल्ला क्रिकेट संघकाे विश्वास छ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey