इटहरी गोल्डकपको फाइनल पुग्न आयोजक र चर्चब्वाइज भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-१५
  • |
  • 195 पटक हेरिएको

सुनसरी । १४ औँ संस्करणको इटहरी गोल्डकपको अन्तिम सेमीफाइनल खेलमा आज  गत बर्षको उपबिजेता चर्च ब्वाईज युनाइटेड काठमाण्डौ र आयोजक राष्टिय जागृती क्लबबिच प्रतिष्पर्धा हुदैछ ।

खेल इटहरी रंगशालामा सांझ पौने सात बजे सुरु हुनेछ । आयोजक पाहुना टोली कञ्चनजंगा फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनल पगेको हो भने चर्च ब्वाइजले न्युरोड टिम एनआरटीलाई पराजित गर्दै आयोजकसंगको सेमिफाइनल भिडन्त पक्का गरेको थियो ।

यसअघि गयराती सम्पन्न पहिलो सेमिफाइनलमा साबिक बिजेता सगरमाथा क्लब मोरङ माथी पेनाल्टी सुटआउटमा २–१ गोलको जीत हात पार्दै आर्मी उपाधी नजिक पगिसकेको छ । शनिबार हुने फाइनल खेलको बिजेताले नगद १० लाख रुपैया हात पार्नेछ । उपबिजेताले ५ लाख रुपैयामा चिक्त बुझाउनुपर्नेछ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey