फुलह्यामसँग पराजित हुँदा आर्सनलले शीर्ष स्थानमा पुग्ने मौका फेरि गुमायो 

  • Image नेप्लेज
  • १५ पौष २०८०, आइतवार
  • 662 पटक हेरिएको
फुलह्यामसँग पराजित हुँदा आर्सनलले शीर्ष स्थानमा पुग्ने मौका फेरि गुमायो 

शीर्ष स्थानमा रहँदै नयाँ वर्ष २०२४ स्वागत गर्ने योजनामा रहेको आर्सनललाई धक्का लागेको छ ।

इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति भएको खेलमा आर्सनल फुलह्यामसँग २–१ गोल अन्तरले पराजित भयो । पराजय भोगेसँगै शीर्ष स्थानमा रहेको लिभरपुललाई १ अंकले पछि पार्ने र नयाँ वर्ष शीर्ष स्थानमा रहँदै मनाउने योजनामा धक्का लागेको छ ।

यसअघिको खेलमा पनि आर्सनल वेस्टह्याम युनाइटेडसँग पराजित भएको थियो । अहिले आर्सनल चौथो स्थानमा छ । फुलह्यामविरुद्ध आर्सनलले सुरुआती अग्रता भने लिएको थियो । आर्सनललाई अग्रता बकायो साकाले दिलाएका थिए । उनले पाँचौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् ।

तर, २९ औं मिनेटमा राउल एलेन्सो गिमिनेजले गोल गर्दै फुलह्यामलाई खेलमा बराबरी गराए । उनले टम केरिनीको पासमा गोल गरेका थिए ।

यस्तै, बोबी रेइडले ५९ औं मिनेटमा गोल गर्दै फुलह्यामलाई २–१ ले अघि बढाए । त्यसपछि थप गोल नहुँदा फुलह्याम २–१ गोल अन्तरले विजयी भयो । जितपछि फुलह्याम २४ अंकका साथ १३ औं स्थानमा उक्लिएको छ । 

Bassey steals the ball off Saka.