जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । लिगको दोस्रो खेलमा बार्यनले अग्सबर्गलाई तीन शुन्यले पराजित गरेको हो । जसमा हेरी केनले दुई गोल गरे ।
घरेलु मैदान एलिनाज एरिनामा भएको खेलमा बार्यनको जितमा एक गोल हेरी केनले गरेका थिए भने एक गोल उपहार पाएको थियो । खेलको सुरुवाती ३० मिनेटमा दुबै टिमबाट गोल हुन सकेको थिएन । तर ३२ औं मिनेटमा बार्यनले उपहार गोल मार्फत खेलमा अग्रता बनायो । अग्सबर्गका उडुकीले आत्मघाती गोल गरेका थिए ।
त्यसपछि ४० औं मिनेटमा बार्यनका लागि हेरी केनले अन्तर दुई शुन्यमा पुर्याए । अग्सबर्गका खेलाडीले डिबक्समा हातले बल छोएपछि पाएको पेनाल्टीमा केनले गोल गरेका थिए ।
पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बार्यनले ६९ औं मिनेटमा तेस्रो गोल गरेको थियो । उसका लागि हेरी केनले ब्यक्तिगत दोस्रो गोल गर्न सफल भए । उनले डाभिसको पासको सदुपयोग गरेका थिए ।
यो जितपछि बार्यनले दुई खेलबाट ६ अंक बनाउँदै लिगको दोस्रो स्थानमा उक्लिएको छ । शिर्ष स्थानको युनियन बर्लिनको पनि समान ६ अंक नै छ ।