पीएसजीको पहिलो जित

  • Image नेप्लेज
  • १० भदौ २०८०, आइतवार
  • 480 पटक हेरिएको
पीएसजीको पहिलो जित

हाइलाइट्स

पीएसजीले लेन्सलाई तीन एक गोल अन्तरले हरायो । 

केलियन एम्बाप्पेको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेनले जारी सिजनको लिग वनमा पहिलो जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले लेन्सलाई तीन एक गोल अन्तरले हरायो । 

जारी सिजनमा राम्रो सुरुवात गर्न नसको पीएसजीले सिजनको पहिलो तीन अंक जोड्ने क्रममा दोस्रो हाफमा उत्कृष्ठ खेल खेलको थियो । खेलको सुरुवाती ४० मिनेटमा लेन्सलाई दबाब दिएपनि गोल गर्न नसकेको पीएसजीले ४५ औं मिनेटमा खाता खोलेको थियो  उसका लागि जाइरी इमिरेको पासमा एसेन्सियोले गोल गरेका थिए । 

पहिलो हाफमा एक गोलको अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा दुई गोल थप्यो । उसका लागि दबै गोल एम्बाप्पेले गरेका थिए । खेलको ५२ औं मिनेटमा हर्नान्डेजको पासमा एम्बाप्पेले गोल गर्दै टीमलाई दुई शुन्यले अगाडी राखेका थिए । 

त्यसपछि ९० औं मिनेटमा रुइजको पासमा एम्बाप्पेले ब्यक्तिगत दोस्रो गोल गरे भने टिमको अग्रता तीन शुन्यमा पुर्याए । तर इन्जुरी समयमा लेन्सका लागि गुइल्भाउईले गोल गर्दै अन्तर कम गरेपनि हार भने टार्न सकेनन् । 

जारी लिगमा सुरुवाती दुई खेल हारेको साविक विजेता पीएसजीले तीन अंक बनाएको छ । उसका मुख्य खेलाडी मध्येका दुई नेयमार साउदी अरेबिया गएका छन भने मेस्सी अमेरिका पुगेका छन । जसका कारण पनि यो सिजनमा पीएसजीलाई केहि दबाब देखिएको छ । 

लिग वनमा तीन खेलमा दुई जीतका साथ सात अंक बनाउँदै मोनाको शिर्ष स्थानमा छ भने समान अंक भएपछि मार्सेली दोस्रो स्थानमा छ । यो जितपछि पीएसजी चौथो स्थानमा छ । 

सम्बन्धित खबर