उपाधि विजेता यु–१६ टोलीलाई जनही ५० हजार दिइने

  • Image नेप्लेज
  • २२ असार २०८०, शुक्रवार
  • 649 पटक हेरिएको
उपाधि विजेता यु–१६ टोलीलाई जनही ५० हजार दिइने

एसिसी यु १६ इस्ट जोन कपको उपाधि जितेको नेपाली युवा क्रिकेट टोलीलाई जनही ५० हजार नगदले पुरस्कृत गरिने भएको छ । 

नेपाल क्रिकेट सङ्घ क्यानले यु १६ का खेलाडी र अफिसियललाई नगदसहित पुरस्कृत गर्ने कोषाध्यक्ष रोशन सिंहले घोषणा गरेका हुन् ।

मङ्गलवार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।

यू-१६ क्रिकेटको उपाधि नेपाललाई,मलेसिया स्तब्ध,नरेन उत्कृष्ट

May be an image of 4 people and text that says 'CAN CHAMPION'

नेपालले यसअघि यु १६ इस्टर्न रिजनको उपाधि २०१७ र २०१९ मा जितेको थियो । यस पटक इस्ट जोन कपको उपाधि जित्दै ह्याट्रिक गरेको हो ।