राष्ट्रव्यापी सो–क्योकुसिन कराते भोलिदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-१८
  • |
  • 422 पटक हेरिएको

 टीका भैरव सो–क्योकुसिन कराते ब्रान्च डोजोको आयोजनामा छैटौं राष्ट्रव्यापी टीका भैरव सो– क्योकुसिन कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुषमा ६ र महिलामा १ गरी जम्मा ७ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख प्रशिक्षक दिनेश नगरकोटीले जनाएका छन् । पुरुषमा ३० केजी, ३५ केजी, ४० केजी, ५० केजी, ६० केजी र खुला तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । महिलामा खुला तौलसमूहमा खेल हुनेछ । करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

उद्घाटनका अवसरमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल ललितपुर जिल्लाका खेलाडीलाई पनि सम्मान गरिने छ । दुईदिने प्रतियोगिताका खेलहरु टीका भैरव मन्दिरको प्राङ्गणमा हुनेछ 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey