मदन आश्रित सेभेन ए साइडको उपाधि फुटसल फाइभलाई 

  • Image नेप्लेज
  • ८ जेठ २०८०, सोमवार
  • 778 पटक हेरिएको
मदन आश्रित सेभेन ए साइडको उपाधि फुटसल फाइभलाई 

काठमाडौं  । सेभेन ए साइड, मदन– आश्रीत फुटबल प्रतियोगिता २०८० को उपाधि फुटसल फाइभले जितेको छ । ५८ टिम सहभागि प्रतियोगितामा रोयल एफसीले द्वित्तिय र कुर्दन एफसीले तृतिय स्थान प्राप्त गरे । 

नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको पिपुल्स भोलेन्टियरद्वारा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताका विजेतालाई  पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष माधब कुमार नेपालले पुरस्कार वितरण गरे । 

कार्यक्रममा उनले विजेता खेलाडिलाई बधाई दिनुका साथै खेल मार्फत पार्टी र राष्ट्रलाई चिनाउने अभियानमा लाग्न निर्देशन दिए । 

कार्यक्रममा सो पार्टीका नेता दिलु पन्त,  होम बुढाथोकी, हस्त शाही, चुनु केसी खड्का, एल पि श्रेष्ठ ,  रमेश बाबु श्रेष्ठ , नितेश पौडेल लगायतको उपस्थिति रहेको युवा संघका केन्द्रीय सचिव फुर्वा लामाले जानकारी दिए ।