अब पुरानै फर्म्याटमा इपीएल 

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-०४
  • |
  • 2300 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानले आफ्नै फ्रेन्चाइज प्रतियोगिता आयोजना गर्ने र विगतमा सञ्चालन भएका अन्य फ्रेन्जाइज क्रिकेट प्रतियोगिताहरु क्षेत्रीयस्तरमा हुने निर्णय गरेपछि यसबाट सबैभन्दा बढी मार एभरेष्ट प्रिमियर लिग पीएलले खेपेको थियो ।

विगतमा एभरेष्ट प्रिमियर लिगसहित धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग सञ्चालन भएका थिए । कोरोना महामारीका कारण धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग सञ्चालन भएका थिएनन् भने एभरेष्ट प्रिमियर लिग (ईपीएल) दशर्कविना नै खेलाइएको थियो । 

तर, क्यानको बोर्ड बैठकले नेपाल टी २० लिग आयोजनका लागि भारतीय कम्पनी सेभेन थ्रीस्पोर्टसँग सम्झौता गरेपछि इपीएल र क्यानबीचको विवाद सतहमै देखिएको थियो । जसोतसो गत वर्ष क्यानले नेपाल टी २० लिग आयोजना गरे पनि त्यो विवादमुक्त हुन सकेन । जसका कारण क्यानविरुद्ध विभिन्न ठाउँमा उजुरीहरु परे भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानविन गरेर मुद्दा पनि दर्ता गरेको थियो ।

नेपाल टी २० लिग अपारदर्शी भएको भन्दै इपीएलले सर्वोच्च अदालतमा क्यानसहित सरोकार राख्ने निकायलाई विपक्षी बनाएर मुद्दा नै दर्ता गरेको थियो । गत वर्षको जेठमा दर्ता भएको मुद्दा १ वर्षपछि फिर्ता भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले नेपाल टी २० लिग आयोजना गर्नका लागि सेभेन थ्री स्पोर्टससँग गरेको सम्झौता खारेज गर्दै आमिर अख्तरलाई क्रिकेटको विकासका लागि योगदान गर्नका लागि आग्रह गरेर पत्र नै लेखेपछि अख्तरले मुद्दा फिर्ता लिएको बताएका छन् ।

नेप्लेजसँगको कुराकानीमा उनले अब इपीएल हुने प्रष्ट पारे । विगतकै जसरी इपीएल सञ्चालन गर्नका लागि क्यानबाट आफूले पत्र पाएको बताउँदै उनले भने ‘क्यानको पत्र आएपछि हामीले कानुनव्यवसायीसँग छलफल गरेर मुद्दा फिर्ता लिएका हौं ।’ 

आफू पहिला पनि क्रिकेट राम्रो हुनुपर्छ भन्ने मान्यतामा रहेको बताउँदै आफूले राम्रोका लागि नै मुद्दा दर्ता गरेको बताए । उनले भने ‘क्रिकेट राम्रो गर्नका लागि नै हामीले मुद्दा फिर्ता लियौं, त्यतिबेला पनि मैले भनेको थिए, मुद्दा रहरले भन्दा पनि बाध्यताले हालेका हौं ।’

अब मुद्दा फिर्ता भइसकेकाले इपीएलको आयोजनाका लागि अबको प्रक्रिया अघि बढ्ने बताए । पत्रमा नै विगतको जसरी आयोजना गर्ने उल्लेख भएकाले इपीएल पुरानै फरम्याटमा हुन्छ भन्नेमा हामी विश्वस्त छौं । केही समयमा यसबारे औपचारिक जानकारी गराउने पनि अख्तरले बताए । विगतको भन्दा पनि हामी यसपाली नयाँ थप केही गर्ने कुराहरु पनि गरेका छौं ।

इपीएलका प्रवन्ध निर्देशक आमिर अख्तरसँग गरिएको कुराकानी यो भिडिओमा हेर्न सक्नुहुन्छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey