रोशन र अमिरलाई स्वर्ण

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०७-२९
  • |
  • 191 पटक हेरिएको

नेपाली खेलाडी रोशन बलामी र अमिर रानाले सोरिन काइ कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।

दुबइमा नोभेम्बर १३ देखि सुरु प्रतियोगिताको पुरुष ७५ केजीमुनि फाइनलमा रोशनले आयोजकलाई ७–० ले पराजित गरे । त्यसअघि रोशनले भारत र फिलिपिन्सका खेलाडीलाई हराएका थिए ।

पुरुष ८४ केजीमुनि फाइनलमा अमिरले आयोजकलाई नै ८–० ले पाखा लगाए । स्वर्ण भिडन्त अघि अमिरले भारतीय खेलाडीलाई पन्छाएका थिए ।

भर्खरै

Advertisement

Nepal Telecom Authority