युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको सहज जित

  • Image नेप्लेज
  • ११ कार्तिक २०७९, शुक्रवार
  • 499 पटक हेरिएको
युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको सहज जित

युईएफए युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ।

गयराति भएको खेलमा युनाइटेडले सेरिफलाई ३–० गोल अन्तरले पराजित गरेको हो।

घरेलु मैदानमा युनाईटेडलाई जिताउन डिओगो डालोट, मार्कस राष्फोर्ड र क्रिस्टियानो रोनाल्डोले एक–एक गोल गरेका थिए।

पहिलो हाफ गोलरहित तर्फ अघि बढीरहेका बेला ४४ औं मिनेटमा डालोटले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १ गोल गरेको युनाइटेडले दोस्रो हाफमा अरु २ गोल थपेको थियो।

रासफाेर्डले ६५ औं मिनेटमा गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर बनाएको थियो।

Cristiano Ronaldo and Alejandro Garnacho walk off the pitch at Old Trafford together, while Cristiano ruffles Alejandro's hair.

८१ औं मिनेटमा रोनाल्डोले गोल गरेपछि युनाईटेडले ३–० को सहज जित दर्ता गर्न सफल भयो।

जितसँगै समूह ‘ई’ मा रहेको युनाईटेडले ५ खेलमा १२ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ।

पराजित भएको सेरिफ भने ३ अंकका साथ तेस्रो स्थानमा रहेको छ।

यो समूहमा शतप्रतिशत जित दर्ता गरेको रियल सोसिडाड भने शीर्ष स्थानमा रहेको छ।

Image

गयराति भएको खेलमा सोसिडाडले ओमानिया निकोसियालाई २–० गोल अन्तरले पराजित गरेको थियो।

सोसिडाडको जितमा रोवर्ट नाभारो र बेरिस मेन्डेजले एक एक गोल गरेका थिए।

सम्बन्धित खबर