टी-२० विश्वकपका केही रोचक तथ्यहरू

  • Image नेप्लेज
  • ३१ आश्विन २०७९, सोमवार
  • 1652 पटक हेरिएको
टी-२० विश्वकपका केही रोचक तथ्यहरू

टी–२० विश्वकपको इतिहासमा यस्ता कैयौं कीर्तिमान छन् जसलाई तोड्न गाह्रो छ।

यसका साथसाथै केही यस्ता अनौठो कीर्तिमान पनि छन् जुन अभिशापजस्तै छन्। उदाहरणका लागि, अहिलेसम्म कुनै पनि आयोजक राष्ट्रले प्रतियोगिता जितेको छैन। यसबाहेक अर्को पटक डिफेन्डिङ च्याम्पियनले ट्रफी जित्न सकेको छैन।

अष्ट्रेलियामा टी–२० विश्वकप सुरु भएको छ। यो प्रतियोगिताको आठौं संस्करण हो। पहिलो चरणमा श्रीलंका र वेस्ट इन्डिजजस्ता दिग्गज टोलीसँगै युएई, नेदरल्यान्ड्स, आयरल्यान्ड, नामिबिया, जिम्बाब्वे र स्कटल्याण्डले दाबी प्रस्तुत गर्दैछन्। यीमध्ये चार टोली सुपर–१२ मा पुग्नेछन्। आयोजक अष्ट्रेलिया, भारत, इंग्ल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, अफगानिस्तान र बंगलादेश यसअघि नै सुपर १२ मा पुगिसकेका छन्।

टी–२० विश्वकपको इतिहासमा यस्ता कैयौं कीर्तिमान छन् जसलाई तोड्न गाह्रो छ। यसका साथसाथै केही यस्ता अनौठो कीर्तिमान पनि छन् जुन अभिशापजस्तै छन्। उदाहरणका लागि, अहिलेसम्म कुनै पनि आयोजक राष्ट्रले प्रतियोगिता जितेको छैन। यसबाहेक अर्को पटक डिफेन्डिङ च्याम्पियनले ट्रफी जित्न सकेको छैन।

जानौं यस्ता केही अनौठा रेकर्डहरू...

दुई पटक प्रतियोगिता जित्ने वेस्ट इन्डिज एक मात्र टोली हो। उसले पहिलो पटक २०१२ मा र दोस्रो पटक २०१६ मा उपाधि जितेको थियो।

रविचन्द्रन आश्विन टी–२० विश्वकपमा भारतका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन्। उनले आफ्नो नाममा २६ विकेट लिएका छन्। उनी यसपटक पनि भारतीय टोलीमा परेका छन्।

अहिलेसम्म कुनै पनि आयोजक राष्ट्रले प्रतियोगिता जित्न सकेको छैन। अहिलेसम्म दक्षिण अफ्रिका, इंग्ल्याण्ड, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश, भारत र युएई÷ओमानले आयोजना गरिसकेका छन्।

अहिलेसम्म कुनै पनि डिफेन्डिङ च्याम्पियनले ट्रफी बचाउन सकेको छैन। भारत, पाकिस्तान, इंग्ल्याण्ड, वेस्ट इन्डिज (दुई पटक) र श्रीलंका उपाधि रक्षा गर्न असफल भएका छन्। अब अस्ट्रेलियाले जित्छ कि जित्दैन त्यो भने हेर्न बाँकी छ।

No photo description available.

डिफेन्डिङ च्याम्पियन र आयोजक अष्ट्रेलियाका लागि टी–२० विश्वकपको पहिलो खेल बिर्सने खालको थियो। सन् २००७ मा जिम्बावेसँग पाँच विकेटले पराजित भएको थियो।

एक खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान श्रीलंकाको नाममा छ। उसले सन् २००७ मा केन्याविरुद्ध ६ विकेटमा २६० रन बनाएका थिए। यो कीर्तिमान १५ वर्षदेखि तोडिएको छैन।

क्रिस गेलले एक पारीमा सबैभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमान बनाएका छन्। उनले २०१६ को टी–२० विश्वकपमा इङ्ल्यान्डविरुद्ध ११ छक्का प्रहार गरेका थिए। उनी प्रतियोगिताको इतिहासमा ६३ छक्का प्रहार गर्ने ब्याट्सम्यान पनि हुन्।

प्रतियोगितामा पहिलो ह्याट्रिक ब्रेट लीले गरेका थिए। उनले सन् २००७ मा बंगलादेशविरुद्ध यो उपलब्धि हासिल गरेका थिए।

नेदरल्याण्ड्सले टी–२० विश्वकपमा न्यूनतम स्कोर बनाउने कीर्तिमान बनाएको छ। सन् २०१४ मा श्रीलंकाविरुद्ध ३९ रनमा अलआउट भएका थिए।
विश्वकप इतिहासमा अहिलेसम्म एउटा मात्र खेलको निर्णय ‘बल आउट’ नियमबाट भएको छ।

२००७ मा, निर्धारित २० ओभरको खेल बराबरी भएपछि भारतले पाकिस्तान विरुद्धको खेल ‘बल आउट’ नियमले जितेको थियो। अर्को वर्ष यो नियम खारेज भयो। ‘बल आउट’ लाई ‘सुपर ओभर’ ले बदलियो।