रोनाल्डोको गोलले म्यानचेस्टर युनाइटेडलाई जोगायो

  • Image नेप्लेज
  • २४ आश्विन २०७९, सोमवार
  • 604 पटक हेरिएको
रोनाल्डोको गोलले म्यानचेस्टर युनाइटेडलाई जोगायो

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि २–१ गोलको पुनरामगन जित दर्ता गरेको छ ।

१ गोलले पछि परेको युनाइेटडले बदलामा २ गोल गर्दै स्पष्ट ३ अंक लिन सफल भयो ।

एभर्टनले घरेलु मैदानमा ५ औं मिनेटमा अग्रता लिएको थियो ।

एलेक्स इओइले गोल गर्दै एर्भटनलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर १५ औं मिनेटमा युनाइटेडले बराबरी गोल गरेको थियो ।

एन्टोनीले गोल गरेपछि युनाइटेड १–१ को अवस्थामा आएको थियो ।

४४ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई २–१ ले अघि बढाए ।

Cristiano Ronaldo celebrates his goal v Everton.

पहिलो हाफमा रहेको २–१ को अग्रता अन्तिमसम्म जोगाउँदै युनाइटेडले स्पष्ट ३ अंक लिन सफल भयो ।

युनाइटेडले ८ खेलबाट १५ अंक बनाउँदै पाँचौं स्थानमा आफूलाई राखेको छ ।

पराजित भएको एभर्टनले ९ खेलबाट १० अंक बनाएको छ ।

प्रिमियर लिगमा नवौं चरणको खेल जारी रहँदा आर्सनल २४ अंकका साथ शीर्ष स्थानमा छ भने २३ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ ।

तेस्रो स्थानमा २० अंक जोडेको टोटेनह्याम रहेको छ भने १६ अंक रहेको चेल्सी चौथो स्थानमा छ ।

सम्बन्धित खबर