नेपाल र चाइनिज ताइपेइसँग खेल्दै

  • Image नेप्लेज
  • २३ आश्विन २०७९, आइतवार
  • 560 पटक हेरिएको
नेपाल र चाइनिज ताइपेइसँग खेल्दै

एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै छ ।

प्रतियोगिताबाट बाहिर भइसकेको नेपाल सान्त्वना जितको खोजिमा हुने छ ।

नेपाल र  चाइनिज ताइपेईविरुद्धको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरुहुने छ ।

 समूह ‘एफ’ मा रहेको नेपाल र ताइपेइ दुवै अंकविहीन अवस्थामा रहेका छन् ।

नेपाल पहिलो खेलमा थाइल्याण्डसँग र दोस्रो खेलमा भियतनामसँग पराजत भएको थियो ।

आजै भियतनाम र थाइल्याण्डपनि भिड्ने छन् ।

अहिले शीर्ष स्थानमा भियतनाम रहेको छ भने थाइल्याण्ड दोस्रो स्थानमा छ ।

दुवै टिमको समान ६ अंक रहेको छ । यी खेलको विजेताले एयिसन कपमा स्थान बनाउने छ ।

सम्बन्धित खबर