इंग्ल्याण्डविरुद्ध पाकिस्तानको जित 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०६-१३
  • |
  • 507 पटक हेरिएको

इंग्ल्याण्डविरुद्धको पाँचौ टी २० म्याचमा पाकिस्तान ६ रनले विजयी भएको छ। गएराति भएको खेलमा पाकिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३९ रनमात्रै बनाउन सक्यो ।

इंग्ल्याण्डका मोइन अलिले नटआउट ५१ रनको अर्धशतकीय पारि खेलेका थिए । डेभिड मलानले ३६ रन बनाउँदा साम करणले १७ रनको योगदान गरे । बेन डकेट र क्रिस वोक्सले १०–१० रन बनाए ।

पाकिस्तानका हेरिस रौफले २ विकेट लिँदा मोहम्मद नवाज, मोहम्मद वसिम, सदाव खान, इफ्तिकर अहमद, अमेर जमालले एक एक विकेट लिए ।
पहिला ब्याटिङ गरेको पाकिस्तानले १९ ओभरमा सवै विकेट गुमाएर १४५ रन बनाएको थियो । 

Phil Salt completes the run-out of Shadab Khan, Pakistan vs England, 5th T20I, Lahore, September 28, 2022

पाकिस्तानका मोहम्मद रिजवाले ६३ रनको अर्धशतकीय पारि खेल्दा इफ्तिकर अहमदले १५ रन बनाएका थिए । इंग्ल्याण्डका मार्क वुडले ३ विकेट लिँदा डेभिड विली र साम करणले दुई दुई विकेट हात पारे । यस्तै क्रिस वोकको नाममा १ विकेट रह्यो । यो जितसँगै पाकिस्तानले सिरिजमा ३–२ को अग्रता लिएको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey