भलिबल सङ्घको अध्यक्षमा मास्केको उम्मेदवारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०४-१७
  • |
  • 576 पटक हेरिएको

नेपाल भलिबल सङ्घको आगामी भदौमा हुने निर्वाचनमा अध्यक्ष पदका लागि निरोज मास्केले उम्मेदवारीको घोषणा गर्नुभएको छ ।

भलिबल सङ्घका वर्तमान उपाध्यक्ष मास्केले आज  आयोजित पत्रकार सम्मेलनमा नेपाली भलिबलको व्यावसायिकता र संस्थागत विकासका लागि नेतृत्वमा आफ्नो दाबी रहेको भन्दै उम्मेदवारी घोषणा गर्नुभएको हो ।

नेपाल भलिबल सङ्घको केन्द्रीय निर्वाचन भने आगामी भदौ २२ गते काठमाडौँमा हुँदैछ । उहाँले भलिबलको पूर्वाधार विकासदेखि प्रशिक्षण, प्रोत्साहन र प्रशासनिक सुधारको कार्यक्रमलाई अघि सार्ने बताउनुभयो ।

त्यसैगरी उहाँले ग्रासरुटदेखि विभिन्न तहको भलिबल टोली निर्माण गर्ने, सोहीअनुसारको कार्यक्रम गर्ने, काठमाडौँसहित देशभरका हरेक प्रदेशमा भलिबलको भौतिक संरचना बनाउने, खेलाडीलाई मासिक सेवा सुविधा उपलब्ध गराउने र सङ्घको प्रशासन चुस्त तरिकाले सञ्चालन गर्ने भनाइ व्यक्त गर्नुभयो ।

त्यस्तै भलिबललाई विद्यालय तहदेखि विश्वविद्यालयको पाठ्यक्रमसम्म जोड्नेदेखि चार वर्षमा चार लाख नेपालीलाई भलिबलको प्रत्यक्ष सञ्जालमा जोड्ने महत्वकाङ्क्षी एजेण्डा रहेको उहाँले बताउनुभयो ।

कार्यसमिति सदस्यका रूपमा १६ वर्षअघि सङ्घमा प्रवेश गर्नुभएका उहाँले एक कार्यकाल कोषाध्यक्षका रूपमा समेत काम गरिसक्नुभएको छ । भलिबल नेपालको राष्ट्रिय खेलसमेत हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey