दुई भारतीय खेलाडीसँगै सुजन प्रतिबन्धित


-
नेप्लेज
- |
- २०७९-०४-०५
- |
- 571 पटक हेरिएको
नेपाल भलिबल संघले हेल्प नेपाल स्पोर्ट्स क्लबका दुई भारतीय खेलाडी विनित कुमार र रोहित कुमारसहित सुजनलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
भक्तपुर दरबारस्क्वारमा बिहीबार बसेको संघको कार्यसमितिको बैठकले सेटर सुजनलाई एक वर्षको प्रतिबन्ध लगाएको छ भने दुई भारतीय स्पाइकरलाई एनभीए क्लब च्याम्पियनसिप र एनभीए क्लब लिगमा एक सिजनको खेल्न नपाउने निर्णय गरेको छ ।
गत वैशाखमा भएको एनभीए राष्ट्रिय महिला तथा पुरुष च्याम्पियनसिपमा रेफ्रीलाई दुर्व्यवहार गरेका कारण प्रतिबन्ध लगाईएको छ ।
त्यो घटनापछि संघले महासचिव जितेन्द्र बहादुर चन्दको नेतृत्वमा छानविन समिति बनाएको थियो । सो समितिको प्रतिवेदनका आधारमा तीनै खेलाडीलाई प्रतिबन्ध लगाइएको हो ।