मुख्यमन्त्री कप ब्याटमिन्टन प्रतियोगिताः यु–१९ मा रोशन र बिस्ना तथा यु–१५ मा पारस र रन्जु च्याम्पियन


-
नेप्लेज
- |
- २०७९-०३-१८
- |
- 627 पटक हेरिएको
मुख्यमन्त्री कप सुदूरपश्चिम प्रदेश ब्याटमिन्टन प्रतियोगिता धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा तीन दिने मुख्यमन्त्री कप सुदूरपश्चिम प्रदेश ब्याटमिन्टन प्रतियोगिता धनगढीमा सकिएको हो ।
सुदूरपश्चिम प्रदेश ब्याटमिन्टन संघको व्यवस्थापनमा भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका सामाजिक राज्यमन्त्रस् टेकवहादुर रैकाले समापन गरे । सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंहको अध्यक्षतामा भएको समापन कार्यक्रम सुदूरपश्चिम प्रदेश ब्याटमिन्टन संघका सचिव सुनिल श्रेष्ठले सञ्चालन गरेका थिए ।
प्रतियोगितामा दुई उमेरका चार विधामा प्रतिस्पर्धा भएको छ । १९ बर्षमुनिको प्रतिस्पर्धामा पुरुषतर्फ रोशन साउँद र महिलातर्फ विस्ना विष्ट च्याम्पीयन भएका छन् । धनगढी रंगशालामा शनिबार भएको पुरुषतर्फको फाईनलमा कैलालीका रोशनले कैलालीकै चन्द्रिका कठरियालाई २१–१३ र २१–१५ को सेटमा हराए । महिलातर्फ कञ्चनपुरकी बिस्ना कञ्चनपुरकै निलिमा महरालाई २१–१७ र २१–१३ ले हराउँदै च्याम्पीयन भईन् । १५ बर्षमुनिको प्रतिस्पर्धामा पारस उपाध्याय र रञ्जु राना च्याम्पीयन भईन् ।
पुरुषतर्फ कैलालीका पारसले कैलालीकै सिसिर रानालाई २१–१३ र २१–१० ले हराए । महिलातर्फ कैलालीकी रञ्जुले बैतडीकी समीक्षा बिष्टलाई २१–१७ र २३–२१ ले हराईन् ।
दुबै उमेर समुहका महिला तथा पुरुष विधाका च्याम्पीयन भएका खेलाडीहरुले नगद १५ हजार प्राप्त गरे । त्यस्तै उपविजेत बनेका खेलाडीहरुले नगद १० हजार पाउँदा सेमिफाईनल पुग्न सफल खेलाडीहरुले पाँच पाँच हजार नगद प्राप्त गरे ।
नौ वटै जिल्लाका चार जना महिला र चार जना पुरुष खेलाडी र एक जना व्यवस्थापक गरी ७२ जना खेलाडी तथा ९ जना व्यवस्थापक सहभागी रहेका छन् । प्रतियोगितामा १९ बर्षमुनि र १५ बर्षमुनिका महिला तथा पुरुष गरी चार विधामा प्रतिस्पर्धा भएकाे छ ।
प्रतियोगिताको पहिलो दिन दुबै उमेर समुहका चार वटै विधाका प्रिक्वाटरफाईनलदेखि क्वाटरफाईनलसम्मका प्रतिस्पर्धा भएका छन् । प्रतियोगिताको दोस्रो दिन दुबै उमेर समुहका क्वाटरफाईनल तथा सेमिफाईनलका खेलहरु आयोजना हुने आयोजकले जनाएको छ ।