राष्ट्रव्यापी फुल कन्ट्याक्ट भोलिदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-१६
  • |
  • 721 पटक हेरिएको


मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय फुल कन्ट्याक्ट विभागको आयोजनामा राष्ट्रव्यापी खेलकुदअन्तर्गत राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा १ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक सन्जु महर्जनले जनाएकी छन् । ७१ औं मदन जयन्तीका अवसरमा हुन लागेको प्रतियोगितामा पुरुषमा २ र महिलामा १ गरी ३ स्पर्धामा भिडन्त हुनेछ । पुरुष÷महिला खुला र पुरुष ५५ केजीमुनि खेल हुनेछ ।
खुलाका विजेताले जनही ५० हजार र बाँकी १ तौलसमूहमा पहिलो हुनेले २५ हजार नगद पुरस्कार पाउने   छन् । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey