क्यानले सेभेन थ्री स्पोर्टससँग गरेको सम्झौता खारेज गर्न संसदमा माग [भिडिओ]

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-१२
  • |
  • 1427 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको नेपाल टी २० लिगका विषयमा संसदमै कुरा उठेको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गोकुल वास्कोटाले प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले गरेको सम्झौता प्रति असन्तुष्टि जनाएका हुन्।

संसदको विशेष समयमा सम्बोधन गर्दै बास्कोटाले नेपालको प्रतियोगितामा भारतीय कानुन लाग्ने उल्लेख हुनुलाई गम्भीर चासोको रुपमा व्यक्त गरेका छन्।

क्यान नेपाल सरकारबाट अनुदान पाउने संस्था भएकाले यस तर्फ बेलैमा ध्यान दिन जरुरी रहेको पनि बताएका छन्।

क्यानले यसअघि सञ्चालनमा रहेका फ्रेन्चाईज क्रिकेट प्रतियोगितालाई मान्यता नदिइ एकमात्र फ्रेन्चाइज प्रतियोगिता आफैले गर्ने निर्णय गरेको थियो।

देशका ६ शहरको नाममा टिमले नेपाल टी २० लिगमा सहभागिता जनाउने छन्। असोजमा हुने प्रतियोगिताका लागि ५ सदस्यीय सञ्चालक परिषद् पनि गठन गरिसकेको छ। 

यो प्रतियोगिता आयोजनका लागि क्यानले ८ बर्षका लागि भारतको सेभेन थ्री स्पोर्टसलाई अधिकार दिएको छ। सञ्चालक परिषद्मा क्यानबाट कार्यबहाक सचिव प्रशान्त विक्रम मल्ल, सदस्य दुर्गाराज पाठक तथा भानु सिग्देल रहेका छन् भने रणनीतिक तथा व्यवसायिक साझेदार सेभेन थ्री स्पोर्टसका तर्फबाट भारतीय क्रिकेटर संघका अध्यक्ष अशोक मलहोत्रा र जतिन अहलुवालिया रहेका छन्।

संसदमा सांसद बास्कोटाले क्यानले गरेको सम्झौता खारेज गर्न माग गरेका छन्। 

संसदमा के भने त गाेकुल बास्काेटाले ?

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey