युनाइटेडले इरिकमाथि गरेको 'गेम्बल' सफल होला ?

  • Image नेप्लेज
  • ९ वैशाख २०७९, शुक्रवार
  • 1045 पटक हेरिएको
युनाइटेडले इरिकमाथि गरेको 'गेम्बल' सफल होला ?

सर एलेक्स फर्गुसनले फुटबलबाट सन्यास लिएपछि प्रिमियर लिगको सर्वाधिक सफल र ठूलो क्लबमा पर्ने म्यानचेस्टर युनाइटेडले चार वटा मुख्य प्रशिक्षक परिवर्तन गर्यो । तर उसले जतिपनि प्रशिक्षकमा लगानी लगायो, त्यसको प्रतिफल भने राम्रो पाउन सकेन । यस्तैमा पछिल्लो पटक युनाइटेडले आयक्स प्रशिक्षक इरिक टेन हागमाथि गेम्बल खेलेको छ । 

आयाक्समा पाउँदै आएको तलब भन्दा झण्डै दोब्बर तलवमा तीन बर्षका लागि अनुबन्ध गरेको युनाइटेडको यसपटकको कदम सफल होला वा फेरी पनि लगानी खेर हुने हो भन्ने समर्थकको ठूलो प्रश्न छ । 

युनाइटेडले सर एलेक्स फर्गुसनको सन्यासपछि डेविड मोयज, जोजे मोउरिन्हो, लुइस भान गोल र आले गुनरलाई मुख्य प्रशिक्षक बनाएको थियो । करिव एक दशक हुन लाग्दा युनाइटेडले नत प्रिमियर लिगको उपाधि जित्न सकेको छ, नत च्याम्पियन्स लिग नै । यो एक दशकको विचमा इरिकलाई ल्याउनु युनाइटेडका लागि क्यारिनो खेले जस्तै नहोला भन्न सकिन्न । 

फर्गुसनले सन्यास लिँदा डेविड मोयजलाई उनकै सल्लाहमा प्रशिक्षकमा ल्याइएको थियो । तर उनले पनि राम्रो गर्न सकेनन् । त्यसपछि लुइस भानलाईमाथि विश्वास गरेपनि उनको प्रशिक्षणमा टिमले खाँसै ठूलो सफलता निकाल्न सकेन । 

छिमेकी क्लव म्यानचेस्टर सिटीले पेप ग्वार्डियोलालाई प्रशिक्षकमा ल्याउदा युनाइटेडले काउन्टरका रुपमा पेप ग्वार्डियोलालाई भित्र्यायो । तर पेपका वल्ड ट्राफोर्डमा निकै खराब समय रह्यो । खेलाडीसँग मनमुटावले टिमको प्रदर्शन झन खस्किन पुग्यो । 

युनाइटेडको अहिलेको खराब लयलाई अब इरिकले सम्हाल्नुपर्ने छ । जसमा उनको रियल परिक्षा अर्को महिनाबाट सुरु हुनेछ । आयाक्सलाई राम्रो नतिजा दिलाएका इरिकलाई ल्याउनु युनाइटेडका लागि गेम्बल नहोला भन्न सकिन्न । 

किनकी हल्याण्डमा सफलता हात पार्ने प्रशिक्षकले अर्को क्लबमा भने राम्रो गर्न नसकेको उदाहरण छ । यसको उदाहरणमा फ्रांक डी बोइर छन । आयक्सका पूर्व प्रशिक्षक फ्रांकले सो क्लब छोडेर इन्टर मिलान गए । त्यहाँमा मात्र ८५ दिनमा उनी बर्खास्तीमा परे । त्यसपछि क्रिस्टल प्यालेसको प्रशिक्षक हुँदा उनले मात्र पाँच खेल प्रशिक्षण गराउन पाएका थिए । 

अब इरिकपनि यस्तै हुने हुन वा सफल यसको जवाफ आगमी दिनमा आउने नै छ । तर युनाइटेडले इंग्ल्याण्डमा अनुभव भएका माउरिसियो पोचेटिनोलाई नल्याएर इरिकलाई ल्याउने उचित कदम नभएको फुटबल पण्डितको छ । 

त्यो पनि महंगो रकममा । युनाइटेडले उनलाई सन् २०२५ जुनसम्मका लागि बर्षको ९ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ । उनीसँग टिममा आयाक्स कै सहायक प्रशिक्षक मिचेल भान डेर गाग हुनेछन । 

सम्बन्धित खबर