नेपालले टस जितेर फिल्डिङ गर्ने, विवेक र सागरकाे डेब्यू

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-१०-२८
  • |
  • 1059 पटक हेरिएको

चारदेशीय क्रिकेट श्रृंखला अन्तगर्त आज नेपालले ओमानसँग खेल्दै छ । अलअमेरत क्रिकेट मैदानमा नेपालले टस जितेको छ । नेपाली टिमका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

नेपालका युवा स्पिनर सागर ढकाल र अलराउण्डर विवेक यादवले सिनियर टोलीबाट डेब्यु गरेका छन् । घरेलु क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सागर र विवेकलाई प्रशिक्षक पुबुदु दशानायकेले क्लोज क्याम्पमा राख्दै ओमान लगेका थिए । उनीहरुलाई पहिलो खेलमै मौका दिइएको छ । आजको टससँगै नेपालका युवा खेलाडी सन्दीप लामिछानेले पनि कप्तानमा डेब्यु गरेका छन् । पछिल्लो समय क्यानले कप्तान ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीपलाई कप्तान बनाएको थियो । सन्दीप नेपालको दशौं कप्तान पनि हुन् ।

ओमानविरुद्ध खेल्ने नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल र प्रदीप ऐरी 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey