यू-१९ एसिया कपका लागि नेपाली टिमको घोषणा, पीएम कपका सर्वाेत्कृष्ट खेलाडी हुसेन परेनन् !

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-२९
  • |
  • 2516 पटक हेरिएको

यूएईमा हुने एसीसी यू १९ एसिया कपका लागि नेपाल क्रिकेट संघ क्यानले टिमको घोषणा गरेको छ । 

देव खनालको कप्तानीमा रहेको नेपाली टिमको उपकप्तान शेर मल्ललाई दिइएको छ ।

टिममा विवेक यादव, दीपेश कँडेल, गुलशन झा, विवेक रानामगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलकराज भण्डारी, अर्जुन कुमाल, वसिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैशी, अर्जुन साउद र राहुल भण्डारी छन । 

टिममा पीएम कपमा उत्कृष्ट बलर तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका मोहमद हुसेनले अन्तिम चरणमा स्थान बनाउन सकेनन् । यसका साथै फाइनलको म्यान अफ दी म्याच बनेका अजय चौहानले पनि १५ जनाको सूचीमा स्थान बनाउन सकेनन् । 

क्यानले पहिलो चरणमा २० खेलाडीलाई क्याम्पमा बोलाएको थियो । जसबाट मोहमद हुसेन, सोनु अन्सारी, कमल परियार, अनुजकुमार चनारा, विपिन शाही जना बाहिर भएका छन । 

यो पटकको लिगमा यू १९ अनुभव भएका शेर मल्ल, विवेक यादव छन भने राष्ट्रिय टिममा स्थान बनाइसकेका गुलशन झा छन । बाँकी खेलाडीकाे अन्तराष्ट्रिय अनुभव कम नै रहेकाे छ । 

एशिया कपमा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्नेछ । यो प्रतियोगिताको सुमह बी मा रहेको नेपाली युवा टिमले बंगलादेशपछि दोस्रो खेलमा श्रीलंकासँग खेल्नेछ । समुहको अन्तिम खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । 

टिमको कप्तानीको जिम्मेवारी पाएको देव खनालले यू १९ पीएम कपमा लुम्बिनीलाई उपाधि दिलाएका थिए । उनैलाई प्रशिक्षक बसन्त शाही र छनोट समितीले एशिया कपका लागि कप्तानको जिम्मेवारी दिएको हो । 

नेपालले समुह चरणमा पहिलो खेल बंगलादेशसँग डिसेम्बर २३ मा खेल्नेछ भने दोस्रो खेल डिसेम्बर २६ मा खेल्नेछ । यस्ते समुहको अन्तिम खेल डिसेम्बर २८ मा खेल्नेछ । प्रतियोगितको समुहको शिर्ष दुई टिमले सेमिफाइनल पुग्नेछन । 

नेपाली टिम यो प्रतियोगितामा अन्तिम पटक सन् २०१७ मा सेमिफाइनलमा पुगेको थियो । त्यो बेला नेपालले मलेसियामा भारतलाई समुह चरणमा हराउँदै इतिहास बनाएको थियो । यो पटकपनि नेपाली टिमको लक्ष्य सेमिफाइनलमा पुग्ने रहेको छ । तर त्यसका लागि चुनौती धेरै छन । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey