एट्लेटिकोको सहज जित

  • Image नेप्लेज
  • १४ कार्तिक २०७८, आइतवार
  • 1100 पटक हेरिएको
एट्लेटिकोको सहज जित

हाइलाइट्स

  • एट्लेटिकोको जितमा यानीक कारास्को र जोओ फेलिक्सले एक एक गोल गरे भने एक गोल उपहार पाएको थियो ।

स्पेनीस ला लिगामा साविक विजेता एट्लेटिको मड्रिडले छैटों जित निकालेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले रियल बेटिसलाई तीन शुन्यले हरायो । 

घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोको जितमा यानीक कारास्को र जोओ फेलिक्सले एक एक गोल गरे भने एक गोल उपहार पाएको थियो । 

खेलको २६ औं मिनेटमा कारास्कोको गोलमा एट्लेटिकोले अग्रता बनायो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको एट्लेटिकोले ६३ औं मिनेटमा अन्तर दुई शुन्यमा पुर्यायो । रियल बेटिसका पेजेलाले आफ्नै पोष्टमा गोल गरेपछि एट्लेटिको दुई शुन्यले अगाडी रह्यो । 

८० औं मिनेटमा कारास्कोको पासमा फेलिक्सले गोल गर्दै तीन शुन्यले टिमलाई अगाडी राखे । त्यसपछि पाहुना टिम खेलमा फर्कन सकेन र एट्लेटिकोले तीन शुन्यको जित निकाल्यो । 

यो जितपछि एट्लेटिकोले ११ खेलमा २२ अंकका साथ लिगको चौथो स्थानमा पुगेको छ । बेटिसको १२ खेलमा २१ अंक छ । 

सम्बन्धित खबर