इटालियन सिरी एमा नापोली शीर्ष स्थानमा 

  • Image नेप्लेज
  • १२ कार्तिक २०७८, शुक्रवार
  • 928 पटक हेरिएको
इटालियन सिरी एमा नापोली शीर्ष स्थानमा 

इटालियन सिरी ए फुटबलमा नापोली शीर्ष स्थानमा उक्लिएको छ ।

विहीबार राति बोल्गानालाई ३–० गोल अन्तरले पराजित गरेको नापोली शीर्ष स्थानमा उक्लिएको हो ।

१० खेलबाट २८ अंक बनाएको नापोली  र समान अकं भएको एसी मिलान क्रमश पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

तेस्रो स्थानमा रहेको इन्टर मिलान भने ७ अंकले पछि रहेको छ ।

घरेलु मैदानमा नापोलीलाई जिताउनका लागि फावियन पेनाले १८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

४१ औं मिनेटमा लोरेन्ज इसिग्नेले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा २ गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफमा २ गोल गरेको नापोलीले दोस्रो गोलमा अरु एक गोल थपेको थियो ।

दोस्रो हाफमा ६२ औं मिनेटमा इसिग्नेले पेनाल्टीमै व्यक्तिगत दोस्रो गोल गरेपछि नापोली ३–० गोल अन्तरले विजयी भयो ।

सम्बन्धित खबर

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment