नेपाली फुटबल टिमलाई कुश्मा नगरपालिकाले २ लाख पुरस्कार दिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०७-०१
  • |
  • 1655 पटक हेरिएको

साफ च्याम्पियनसिपको फाइनलमा पुगेर उपाधि जित्न नसकेपनि टिमको हौसला बढाउनका लागि  पर्वतको कुश्मा नगरपालिकाले टिमलाई पुरस्कार दिने भएको छ । 

साफमा सानदार प्रदर्शन गरेर उपविजेता बनेको नेपाली टिमलाई कुश्मा नगरपालिकाले दुई लाख रुपैयाँ दिने भएको छ । 

साफको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको नेपाली टिम अन्तिममा भारतसँग तीन शुन्यले पराजित भएको थियो । टिम फाइनलमा पराजित भएपनि कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले फुटबलको विकासका लागि खेलाडीको मनोबल बढाउन यो पुरस्कार दिने घोषणा गरेको बताए । उनको सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey