कतार विश्वकपमा सहजै स्थान बनाउने इंग्ल्याण्डको लक्ष्यमा हंगरी बाधक बनेको छ ।
घरेलु मैदान वेम्ले रंगशालामा भएको खेलमा हंगेरीले इंग्ल्याण्डलाई एक एक गोलको बराबरीमा रोकेपछि अझै केहि समय कुर्नुपर्ने भएको छ ।
दर्शक र पुलिसविच तनावपुर्ण बनेको खेलमा हंगेरीले एक गोलको अग्रतालाई जोगाउन सकेन । खेलको २४ औं मिनेटमा हंगेरीले पेनाल्टी पाएको थियो । जसलाई सालाईले गोल गर्दै टिमलाई एक शुन्यले अगाडी राखे ।
तर ३७ औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै टिमलाई एक एकको बराबरीमा ल्याउन सफल भए । खेलमा इंग्ल्याण्डले जितका लागि निकै दबाव दिएपनि अन्तिममा गोल गर्न सकेन र एक एक गोलको बराबरीमा चित्त बुझाउन पर्यो ।
यो जितपछि पनि आई मा इंग्ल्याण्ड शिर्ष स्थानमा नै रहेको छ । उसले दोस्रो स्थानको पोल्याण्ड भन्दा तीन अंकको अग्रता कायमै राखेको छ ।
इंग्ल्याण्ड नौ बर्षपछि वेम्लेमा मुख्य प्रतियोगितामा जित निकाल्न असफल भएका हो । उसले वेम्ब्लेमा सन् २०१२ पछि जित निकाल्न नसकेको हो ।
आजै भएको अर्को खेलमा पोल्याण्डले अल्बानियालाई एक शुन्यले हरायो । जसका कारण उसको पनि कतार विश्वकपको संभावना बलियो बनेको छ । उसको आठ खेलमा १७ अंक छ ।
अन्य खेलमा स्विडेनले ग्रिसलाई दुई शुन्यले हरायो भने स्विट्जरल्याण्डले लिथुवानियालाई चार शुन्यले पराजित गर्यो ।