चार जना जुडो खेलाडी छनोट

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-२४
  • |
  • 576 पटक हेरिएको

एसियन/ओसिएना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिपका लागि ४ जुडो खेलाडी छनोट भएका छन् ।

नेपाल जुडो संघद्वारा आयोजित छनोट प्रतियोगिताबाट समान २–२ पुरुष÷महिला गरी ४ खेलाडी छनोट भएको जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।

नयाँबजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतियोगिताको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र ६० केजीमुनि सुबोध मण्डल छनोट भए ।

महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ र ४८ केजीमा निशा श्रेष्ठ छानिए । चारै खेलाडी बन्दी सहायता गृह ९पाम० का खेलाडी हुन् ।

च्याम्पियनसिप लेबननमा डिसेम्बर २ देखि ५ तारिखसम्म सञ्चालन हुने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey