टोकियो ओलम्पिकको पहिलो स्वर्ण चीनले जित्यो
- नेप्लेज
- |
- २०७८-०४-०९
- |
- 897 पटक हेरिएको
हाइलाइट्स
- महिला १० मिटर राइफल सुटिङ स्पर्धामा चीनकी याङ कियानले स्वर्ण जितेकी हुन् ।
जापानको टोकियोमा आयोजित ओलम्पिक खेलकुदको पहिलो स्वर्ण चीनको पोल्टामा परेको छ ।
महिला १० मिटर राइफल सुटिङ स्पर्धामा चीनकी याङ कियानले स्वर्ण जितेकी हुन् ।
सो प्रतियोगितामा रुसकी सुटर अनास्टासिया गालासिनाले रजत तथा स्वीट्जरल्यान्डकी निना क्रिस्टेनले कास्य पदक हात पारे ।
स्वर्ण जित्ने क्रममा याङले ओलम्पिकको २५१.८ अंकसहित ओलम्पिकको नयाँ कीर्तिमानसमेत राखेकी छन् ।
यहि बिधामा नेपाली साेनियाले राष्ट्रिय कीर्तिमान बनाएकी थिइन ।