अस्ट्रेलियन कप्तान फिन्च घाइते, वेडले कप्तानी गर्ने 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०२
  • |
  • 736 पटक हेरिएको

वेस्टइन्डिजविरुद्धको एक दिवसीय सिरिज अघि अस्ट्रेलियालाई झड्का लागेको छ । टी २० सिरिज ४–१ ले गुमाएको अस्ट्रेलियाका कप्तान आरोन फिन्च घाइते भएका छन् ।

जसका कारण पहिलो एक दिवसीयमा उनको सट्टा म्याथ्यू वेडले कप्तानी गर्ने सम्भावना रहेको छ । टी २० खेल्दा फिन्च दौड्दा अप्ठेरो महशुस  गरेका थिए ।

उनको ठाउँमा वेडले मौका पाउने अपेक्षा गरिएको छ । वेड आफैले एक दिवसीयमा यदि फिन्च खेलेमा आफूले नखेल्ने मन बनाए पनि अहिलेको अवस्थामा मौका मिल्न सक्ने संकेत गरेका छन् ।

वेडले भने ‘म यहाँ टी २० खेल्ने र एक दिवसीय नखेल्ने सोँचका साथ आएको थिएँ । किन की युवा खेलाडीहरुलाई पनि मौका दिनु पर्छ ।’  आफूले लामोसमयदेखि क्रिकेट खेलिरहेको तर्फ संकेत गर्दै टिमका लागि आवश्यक परेका बेला मैदान उत्रने पनि बताए । विकेट किपर ब्याट्सम्यानले पछिल्लो सिजन फिन्चको अनुपस्थितिमा एउटा टी २० मा कप्तानी गरेका थिए ।

वेडले अस्ट्रेलिया टिमबाट एक दिवसीय क्रिकेट नखेलेको चार वर्ष भइसकेको छ । ‘जतिबेला मौका आउँछ त्यतिबेला कप्तानी गर्न रुचाउँछु ।’  वेडले भने ।  

अस्ट्रेलियन टिममा स्टार खेलाडीको कमी नभएको बताउँदै उनीहरुसँग मिलेर कप्तानी गर्दा खुशी नै हुने बताए । उनले मोइजेज हेनरिक्स, एडम जाम्पा, मिशेल स्टार्क र जोस हेजलवुड जस्ता खेलाडीहरुको बीचमा कप्तानी गर्न सजिलो हुने पनि उल्लेख गरेका छन्  ।

तीन वटा म्याचको एक दिवसीय सिरिज अन्तर्गत २१ जुलाईमा पहिलो खेल हुने छ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey