विश्वका सुपर पावर देश नै ओलम्पिकको शिर्ष स्थानमा किन रहन्छन ?

अमेरीका र सोभियत संघपछि अहिले अमेरीका र चीनको प्रतिस्पर्धा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-३१
  • |
  • 1074 पटक हेरिएको

हाइलाइट्स

ओलम्पिकमा पदक जित्ने खेलाडी शारिरीक, आर्थिक, सामाजिक र बौद्धिक रुपमा निकै प्रभावशाली मानिन्छन । तर ओलम्पिकको पदक तालिकामा अहिलेसम्म सुपर पावर देशको नै बर्चश्व रहेको छ । आज हामी आखिर ओलम्पिकमा सुपर पावर देशको बर्चश्व हुनुको कारण केहो भन्ने विषयमा जानकारी दिनेछौ । 

विश्व खेलकुदको महाकुम्भ मेला ओलम्पिकमा सहभागिता र पदक जित्नु आफैमा पनि निकै ठूलो मानिन्छ । यो प्रतियोगितामा पदक जित्ने खेलाडीको जीवनपनि सुरक्षित हुन्छ भन्ने मान्यता छ ।

ओलम्पिकमा संयुक्त राष्ट्र संघको भन्दापनि धेरै देशको सहभागिता रहेको छ । संयुक्त राष्ट्र संघमा एक सय ९६ सदस्य रहेकोमा ओलम्पिकमा २०६ देश सदस्य छन । 

ओलम्पिकमा पदक जित्ने खेलाडी शारिरीक, आर्थिक, सामाजिक र बौद्धिक रुपमा निकै प्रभावशाली मानिन्छन । तर ओलम्पिकको पदक तालिकामा अहिलेसम्म सुपर पावर देशको नै बर्चश्व रहेको छ । आज हामी आखिर ओलम्पिकमा सुपर पावर देशको बर्चश्व हुनुको कारण केहो भन्ने विषयमा जानकारी दिनेछौ । 

मोर्डन ओलम्पिकमा सुपर पावर देशको प्रदर्शन

सन् १८९६ बाट मोर्डन ओलम्पिक सुरु भएको थियो । त्यो बेलाबाट अमेरीका, सोभियत संघ, बेलायत, चीन, फ्रान्स, जर्मनी, इटाली र जापान जस्ता देश महाशक्तिका रुपमा देखिएका छन । 
ओलम्पिकको अलटाइम मेडल ट्यालीमा शिर्ष १० मा नजर लगाउने हो भने यीनै देशको दबदबा रहेको छ । दोस्रो विश्वयुद्धपछि सुपर पावर अमेरीका र सोभियत संघ शिर्ष दुईमा रहेका थिए । यी दुई देश भन्दा अगाडी उपनिबेशमा आधारमा बेलायत र फ्रान्स शिर्षता हासिल गर्थे । 

सुपर पावर देशको ओलम्पिकमा राम्रो प्रदर्शन हुनुको कारण

१. दोस्रो देश भन्दा उत्कृष्ट र अगाडी सोच्ने 

ओलम्पिकको आफ्नो नारा तीन इटालीयन शब्दमा राखिएको छ । सिटियस, अल्टियस र फोर्टियस, यसको अर्थ तेज, ताकतिलो र अग्लो । यदि कोहिपनि देश सुपर पावर बन्न चाहन्छ वा बन्ने सोचाईमा छ भने यी तीन शब्दलाई ध्यानमा राखेर उत्रिने कोशिष गर्छ । ओलम्पिक यसका लागि सबै भन्दा ठूलो प्ल्यार्टफर्म बन्छ । 

२. प्रोपोगाण्डा टुल

ओलम्पिकको माध्यमबाट शक्तिशाली देश दुनियाभरि आफ्नो धाक जमाउने कोशिशमा हुन्छन । उनीहरुको सन्देश नै आफु सबै कुरामा राम्रो रहेको भन्ने हुन्छ । मतलव उनीहरु आफ्नो सिस्टम, अर्थ ब्यवस्था र प्रविधि अरुको भन्दा राम्रो भएको भन्ने देखाउछन । अमेरीका र सोभियत संघले पनि यो कुरा प्रभावकारी तरिकाले देखाएका थिए । पछिल्लो पटक चीन यो कुरामा निकै अगाडी आएको छ । 

३. आफ्ना खेलाडीको भरोसा जित्नु

ओलम्पिक आफैमा पनि एक लडाईको भन्दा कम होइन, विश्व भरका खेलाडी एकै साथ एक थलोमा भेला हुँदा यसको रौनक र आकर्षण छुट्टै हुन्छ । यसमा पदक जित्ने देशका खेलाडीको मात्र होइन, मानिसको पनि आत्मविश्वास बढ्ने गर्छ । जसका गर्दा उनीहरुमाथि सबैको विश्वास पनि हुन्छ । 

 

सुपर पावर देश ओलम्पिकमा पदक जित्न के गर्छन ?

बढि लगानी

अमेरीका, चीन, रुस, बेलायत जस्ता देश ओलम्पिकमा राम्रो नतिजा ल्याउनका लागि मोटो रकम खर्च गर्छन । उनीहरुले खेलाडीमाथि गर्ने खर्च सरकारी पक्षमात्र हुँदैन, निजी क्षेत्रबाट पनि मोटो रकम जुटाएर खेलाडीमा खर्च गर्छन । अमेरीकाले ओलम्पिक संघलाई कुनैपनि रकम सहयोग गर्दैन । तर निजी क्षेत्रबाट ओलम्पिक संघले हरेक संस्करणमा खेलाडीमाथि ३२ हजार करोड रुपैयाँ लगानी गर्छ । जसका नतिजा उसले ओलम्पिकमा प्रत्यक्ष रुपमा हात पार्छ । 

बेलायतमा पनि हरेक बर्ष पुर्वाधार र प्रशिक्षणका लागि करिव १८ हजार करोड रुपैयाँ खर्च दिने गरेको छ । 

यस्तै चीन र रुसको खेलाडीमाथि गरेको खर्च एकै साथ बाहिर आउँदैन । चीनले ओलम्पिकका लागि खेलाडीको तयारीमा चार सालको साइकलमा ३० देखि ३२ हजार करोड रुपैयाँ खर्च गर्ने गरेको बताइन्छ ।

अत्याधुनिक पुर्वाधार

अमेरीका र चीन जस्ता देशका प्रायः हरेक शहरमा अत्याधुनिक पुर्वाधार रहेका छन । जसमा सुविधासम्पन्न रंगशाला, प्रशिक्षण सामाग्रि, हाइ पर्फमेन्स सेन्टर, बायोमेकानिक्स सेन्टर आदी सामेल छन । 
१९३६ देखि अहिलेसम्म पदका तालिकाको शिर्ष स्थानमा अमेरीकाको बर्चश्व रहेको छ । 

कुन ओलम्पिकमा को शिर्ष दुईमा हेरौ सूची

 

 

एजेन्सिकाे सहयाेगमा
   

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey