इंग्ल्याण्डलाई पाकिस्तानविरुद्धको सिरिज क्लिनस्वीप गर्ने अवसर 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-२९
  • |
  • 874 पटक हेरिएको

पाकिस्तान र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट आज हुँदै छ ।

लगातार दुई वटा खेलमा पराजित भएको पाकिस्तानले सिरिज भने गुमाइ सकेको छ ।

इंग्ल्याण्ड आजको पनि खेल जित्दै सिरिज क्लिनस्वीप गर्ने लक्ष्यमा हुँदा पाकिस्तान इज्जतका लागि खेल्दै छ ।

पहिलो एक दिवसीयमा इंग्ल्याण्ड ९ विकेटले विजयी भएको थियो भने दोस्रोमा ५२ रनको जित दर्ता गरेको थियो ।

तेस्रो तथा अन्तिम एक दिवसीय आज नेपाली समय अनुसार पौने ६ बजे बर्मिङघममा शुरुहुने छ ।

एक दिवसीय पछि तीन वटा टी २० पनि पाकिस्तान र इंग्ल्याण्डले खेल्ने छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey