बार्सिलाेनालाई प्रि सिजनमा पहिलाे टिमका खेलाडीकाे अभाव, ९ जना 'बी' टिमबाट

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२६
  • |
  • 1549 पटक हेरिएको

हाइलाइट्स

जारी युरोकप, कोपा अमेरीका र ओलम्पिक गेम्सका कारण बार्सिलोनाबाट खेल्ने ११ पहिलो टिमका खेलाडी अहिले बाहिर छन । जसका कारण प्रशिक्षक रोनाल्ड कोमनले नौ जना खेलाडी 'बी' टिमबाट बोलाएका छन । 

नयाँ सिजन अगाडी बार्सिलोनाले शनिबारबाट प्रि सिजनको खेल खेल्दैछ । तर बार्सिलोनाका लागि प्रि सिजन टुर समस्याबाट नै सुरु भएको छ । उसका पहिलो रोजाईका खेलाडी नहुँदा नौ खेलाडी बी टिमबाट राखिएको छ ।

जारी युरोकप, कोपा अमेरीका र ओलम्पिक गेम्सका कारण बार्सिलोनाबाट खेल्ने ११ पहिलो टिमका खेलाडी अहिले बाहिर छन । जसका कारण प्रशिक्षक रोनाल्ड कोमनले नौ जना खेलाडी 'बी' टिमबाट बोलाएका छन । 

कोमनले स्टेगेन, सेरगिनो डेस्ट, जेरार्ड पिके, मिरालेम जानिक, ओस्माने डेम्बेले, रिक्वि पुइग, फिलिप कोउन्टिनो, सेर्गि रोबेर्टो, अंशु फाती र सामुइल उम्टिटी पहिलो टिमका खेलाडी राखेका छन । 

बाँकी नौ खेलाडी बी टिमबाट राखेका छन । यो टुरमा बी टिमका खेलाडीले आफ्नो क्षमता देखाउने मौका रहेको छ । प्रि सिजनमा लाइज मोरीबालाई राखिएको छैन । 

प्रि सिजनका लागि टिममा राखिएका पहिलो टिमका खेलाडीमा पनि स्टेगेन, डेम्बेले, कोउन्टिन्हो, फाती अझैपनि चोटग्रस्त रहेका छन । जसका कारण उसलाई प्रि सिजनमा समस्या देखिएको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey