बंगलादेशले साफ गर्न नसकेको खण्डमा दावेदारमा श्रीलंका र नेपाल, आन्तरीक तयारीमा एन्फा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२४
  • |
  • 6896 पटक हेरिएको

हाइलाइट्स

बंगलादेश फुटबल संघले साफ अर्को देशमा गर्दा १० लाख डलर माग गरेको थियो, तर अर्को देशले गर्ने भएपछि त्यत्रो रकम दिन कठिन हुने भनेपछि साफलाई रेभिन्युका आधारमा १ लाख डलर दिन भनिएको थियो । तर यो प्रस्ताव मात्र गरिएको हो । 

कोरोना भाइरसका कारण एक बर्ष अगाडी नै आयोजना हुनुपर्ने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता यो बर्षको भदौ २९ बाट असोज नौ गतेसम्मका लागि तय भएको छ । तर यो समयमा पनि प्रतियोगिता हुने हो वा होइन भन्ने अझै एकिन भइसकेको छैन ।

बंगलादेश फुटबल संघले मुख्य गरि तीन वटा कारण देखाएर प्रतियोगिता गर्न नसक्ने होकी भन्ने चिन्ता देखाएको छ । जसमा पहिलो कोरोनाको असर कायमै रहेको, दोस्रो प्रतियोगिताको प्रायोजक भेट्न कठिन र तेस्रो बंगबन्धु रंगशालाको मर्मत भइरहेको छ ।

यस्तैमा साफको बैठकले बंगलादेशले गर्न नसकेको खण्डमा अर्को ठाँउमा गर्नुपर्ने बताएको थियो । त्यसका लागि श्रीलंका फुटबल संघले प्रतियोगिता गर्नका लागि प्रस्ताव गरेको थियो । सो बैठकमा सहभागि श्रीलंकन फुटबल संघका तत्कालिन महासचिव र हाल अध्यक्ष बनेका जसवर उमरले आफ्नो देशमा गर्ने प्रस्ताव गरेपछि एन्फाले पनि नेपालमा गर्नका लागि प्रस्ताव राखेको थियो । 

तर एक साता अगाडी भएको बैठकमा बंगलादेशले दुई सातामा के गर्ने भन्ने निर्णय गर्ने र इच्छुक देशले पनि विभिन्न संभावना सहित प्रस्तुत हुन भनेको छ । अबको एक सातामा साफको अर्को बैठक हुनेछ, त्यसमा साफको टुंगो लाग्ने बताइएको छ । 

बंगलादेश फुटबल संघले साफ अर्को देशमा गर्दा १० लाख डलर माग गरेको थियो, तर अर्को देशले गर्ने भएपछि त्यत्रो रकम दिन कठिन हुने भनेपछि साफलाई रेभिन्युका आधारमा १ लाख डलर दिन भनिएको थियो । तर यो प्रस्ताव मात्र गरिएको हो । 

यस्तैमा एन्फाले साफलाई नेपालमा नेपालमा आयोजना गर्ने प्रस्ताव गरेको छ । जसका लागि प्रायोजक र खेलाडीको खर्च गर्न सकिने समेत बताएको छ । अहिलेको अवस्थामा साफ च्याम्पियनसिप श्रीलंकामा हुने प्रबल संभावना देखिएको छ । तर अबको एक सातामा हुने साफको बैठकले यसको टुंगो लगाउनेछ । यदि बंगलादेशले सिलेट वा चटगाँउमा आयोजना गर्ने र सबै टिमले सहभागिताका लागि खर्च आफैले गर्ने भनेको खण्डमा अवस्था फरक हुनेछ । 

यदि प्रायोजक नपाएको खण्डमा बंगलादेशले प्रस्तावित देशलाई गर्नमा सहमति जनाएमा कि श्रीलंका की नेपालले पाउनेछ । यस्तैमा एन्फा साफका लागि रकम जुटाउन आन्तरीक तयारीमा जुटेको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले एन्फाले आन्तरीक तयारी गरिरहेको बताएका छन । 

साफमा सहभागि देशले पनि अहिले तोकेकै मितीमा साफ हुनुपर्ने बताएका छन । यदि सेप्टेम्बरमा हुन नसकेको खण्डमा डिसेम्बरमा सार्नुपर्ने बाध्यता हुनेछ । सेप्टेम्बरपछि दक्षिण एशियाली देशहरुमा घरेलु लिग सुरु हुनेछ ।

त्यसको विचमा साफ गर्न कठिन हुने भएकाले पनि सेप्टेम्बरमा नै साफ गर्नुपर्ने दबाव बंगलादेशलाई रहेको छ । यसअघि साफको मुख्य प्रायोजक सुजुकी रहेको थियो । तर उसले सम्झौतालाई निरन्तरता नदिने बताएपछि अहिले प्रायोजक विहिन रहेको छ । 

नेपालमा साफ गर्नका लागि एन्फाले राष्ट्रिय खेलकुद परिषद्सँगपनि कुरा गरिरहेको छ । परिषद्पनि यसमा सकारात्मक देखिएको बुझिएको छ । तर साफको टुंगो लाग्नका लागि एक साता अझै कुर्नुपर्ने देखिएको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey