चार नम्बर जर्सीमा रामाेस पीएसजीमा देखिने पक्का

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२४
  • |
  • 1688 पटक हेरिएको

हाइलाइट्स

बुधबार राति पीएसजीले रामोसलाई क्लवमा भित्र्याएकाे र उनले चार नम्वर जर्सि लगाउने बताएकाे छ । रामाेस र पीएसजीविच २०२३ सम्मका लागि सम्झाैता भएकाे छ । 

स्पेन तथा रियल मड्रिडका पुर्व कप्तान सर्जियो रामोस आधिकारिक रुपमा पेरिस सेन्ट जर्मेनमा अनुबन्ध भएका छन । 

बुधबार राति पीएसजीले रामोसलाई क्लवमा भित्र्याएकाे र उनले चार नम्वर जर्सि लगाउने बताएकाे छ । रामाेस र पीएसजीविच २०२३ सम्मका लागि सम्झाैता भएकाे छ । 

पीएसजी जानकालागि उनले मेडिकल परिक्षणपनि सम्पन्न गरेका छन । रामोसले चार नम्बरकाे जर्सी पाएकोमा आफू निकै खुशी भएको प्रतिक्रिया दिएका छन् । करियरको शुरुवात देखि लगाउँदै आएकाे जर्सी नम्वर पाउँदा निकै आनन्द लागेकाे उनले बताए । 

अघिल्लाे सिजन सकिएपछि रियलले उनीसँग नयाँ सम्झाैता नगर्ने भएपछि पीएसजीले अनुबन्ध गरेकाे हाे । रामोसले रियलबाट १६ सिजन बिताउँदा ६ सय ७१ खेल खेलकेा थिए । जसमा उनले डिफेन्डर भएरपनि एक सय एक गोल गरेका थिए ।

रामोसले रियलबाट ५ पटक ला लिगा र चार पटक च्याम्पियन्स् लिगकाे उपाधि जितेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey