विश्व नम्वर एक खेलाडी एस्लेइघ बार्टी विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन ।
उनले आफ्नै देशकी एज्ला टोम्लानोभिकलाई दुई शुन्यको सोझो सेटमा पराजित गरिन । बार्टीले एलालाई छ एक र छ तीनको सेटमा पराजित गरिन ।
यस्तै विश्व नम्वर दुई खेलाडी साबालेन्काले पनि ओन्स जाबिउरलाई पनि दुई शुन्यकै सोझो सेटमा हराउँदै अन्तिम चारमा पुगिन । साबालेन्काले ओन्सलाई छ चार र छ तीनको सेटमा हराइन ।
यस्तै जर्मनी खेलाडी एञ्जेलिक केरबेरले कारोलिना मुचोभालाई छ दुई र छ तीनको सेटमा हराइन । सेमिफाइनलमा बार्टीले केरबेरसँग खेल्नेछिन भने पिल्सकोभाले साबालेन्कासँग खेल्नेछिन ।